कम्युनिष्ट शासनमा समृद्धि आउनै नसक्ने बानियाँको दावी

तु खबर संवाददाता
२०७५ जेष्ठ १९, शनिबार २०:४६

मकवानपुर । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट शासनमा समृद्धि आउन नसक्ने दावी गरेका छन् । फापरवारी गाउँपालिका ७ नम्बर वडा भेलामा बोल्दै उनले बढी कुरा गर्ने र काम कम गर्ने कम्युनिष्टहरुको शासनकालमा मा देशमा समृद्धि आउन नसक्ने दावी गरेका हुन् ।

उनले कांग्रेसले विगतमा गरेको बाचा पुरा गरेको भन्दै देशको समृद्धिका लागि पनि कांग्रेसले नै पहल गर्ने बताए । देशका ठूला परिवर्तनमा नेतृत्व गरेको कांग्रेसको राजनीतिक धारमा कम्युनिष्टहरु आउनु कांग्रेसको विजय भएको बताए ।

वडा सभापति ओमनाथ पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, जिल्ला सदस्य चोकबहादुर ठाडा, ७ नम्बर वडा अध्यक्ष डिल्ली घोरासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*