कमल क्षेत्रीको ‘कहाँ पाइन्छ र’ म्युजिक भिडियो सार्वजनिक

तु खबर संवाददाता
२०७५ जेष्ठ १९, शनिबार २०:३९

मकवानपुर । युवाहरुको माझमा निकै लोकप्रिय गायक कमल क्षेत्रीको अर्को म्युजिक भिडियो बजारमा आएको छ । नाच न, आइ लभ यू, तिम्रै मायाले, कोदोकोला जस्ता चर्चित गीतका गायक क्षेत्रीले कहाँ पाइन्छ र बोलको गीत बजारमा ल्याएका हुन् । उनले आफ्नो जन्म दिन पारेर यो गीत बजारमा ल्याएका हुन् ।

विभोर पोखरेल निर्देशित भिडियोमा अकेशा विष्ट र गायक क्षेत्री आफैंले अभिनय गरेका छन् । अनिल के मानन्धरको छायाँकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । आइ लभ यु भन्न सकिन बोलको चर्चित गीतका गायक क्षेत्रीले यो म्युजिक भिडियो पनि दर्शकले मन पराउने अपेक्षा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*