काँग्रेसले समिक्षाबाट नयाँ बाटो तय गर्नुपर्ने निश्कर्ष

तु खबर संवाददाता
२०७५ जेष्ठ १९, शनिबार २०:०५

चितवन, १९ जेठ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब काँग्रेसले समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस चितवनको आयोजनामा आज चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी नयाँ कार्ययोजनाका साथ एकाकार हुनु जरुरी रहेको आँैल्याउनुभयो ।

अब सबैको सुझाव लिने बेला आएको भन्दै सिटौलाले जनताको विश्वास लिनसके मात्रै पार्टी बलियो हुने जिकिर गर्नुभयो । देशको स्वाभिमान रक्षाका लागि काँग्रेस लड्दै आएको स्मरण गर्दै सिटौलाले भन्नुभयो, ‘जनताको विश्वास नै हाम्रो तागत हो ।”

ठूला परिवर्तनहरू काँग्रेसको नेतृत्वमै भएको जिकिर गर्दै उहाँले काँग्रेस कसैसँग डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । सो क्रममा काँग्रेस जिल्ला नेता, क्षेत्रीय र नगर सभापतिहरूले पार्टीको संस्थागत विकासका विषयमा मन्तव्य राखेका थिए । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*