प्रदेश ३ मा फिल्म सिटी, सूचना पार्क, प्रेस रजिस्टार कार्यालय निर्माण हुने

तु खबर संवाददाता
२०७५ जेष्ठ १८, शुक्रबार १७:४९
तस्बिर–गुगल

हेटौँडा, १८ जेठ । प्रदेश नम्बर ३ मा फिल्म सिटी, सूचना पार्क तथा प्रेस रजिष्टार कार्यालय निर्माण हुने भएको छ ।

आज संसदमा प्रस्तुत गरिएको ३ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार प्रेस स्वतन्त्रताको सम्मान गर्दै प्रदेशभित्र क्रियाशील संचार माध्यमलाई मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउनुका साथै प्रदेश सूचना पार्क निर्माण र सञ्चालन गरिने बताइएको छ । त्यस्तै प्रेस रजिष्ट्रारको कार्यालय स्थापना र फिल्म सिटी निर्माण गरी सञ्चालनमा ल्याइने समेत उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*