जंगली च्याउ खाँदा एकै परिवारको ३ जना बिरामी

तु खबर संवाददाता
२०७५ जेष्ठ १७, बिहीबार १९:५९
file photo

विराटनगर, १७ जेठ । मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उहाँकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये बुहारी सुकमायाको अवस्था गम्भीर रहेको बताइएको छ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*