हेटौँडाबाट एक दिनमा १७५० लिटर जाँड बरामद
मकवानपुर, १७ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ र ५ का विभिन्न क्षेत्रबाट बिहीबार एकैदिनमा ठूलो परिमाणमा अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ (जाँड) फेला परेको छ ।
बिहीबार वडा प्रहरी कार्यालय हेटौडाबाट खटेको प्रहरी टोलीले तयारी घरेलु मदिरा अन्दाजी ५० लिटर र मदिरा तयार गर्ने कच्चा पदार्थ अन्दाजी १७५० लिटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
