मकवानपुरगढीमा गोठमा जाँड बरामद

तु खबर संवाददाता
२०७५ जेष्ठ १६, बुधबार १८:३९

मकवानपुर, १६ जेठ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा गोठमा लुकाई राखेको अवस्थामा मदिरा बनाउने कच्चा पदार्थ (जाँड) फेला परेको छ ।

मंगलबार प्रहरी चौकी चौघडाबाट खटेको प्रहरी टोलीले करिब १०० लिटर मदिरा तयार गर्ने कच्चा पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*