अबैध चाँदीको गरगहनासहित हेटौँडाबाट युवक पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ १६, बुधबार १८:३२

हेटौँडा, १६ जेठ । अवैध चाँदीका गरगहना सहित हेटौँडाको रातामाटे चेकपोष्टबाट एक युवक पक्राउ परेका छन् । प्रहरीले चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय राज भन्ने जितबहादुर सुनारलाई पक्राउ गरेको हो ।

मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले रातोमाटे चेकपोष्टमा पथलैयाबाट हेटौँडातर्फ आउदै गरेको बा ३ ख ३१३१ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा बसमा सवार सुनारले काखीमा बोकेको निलो रङ्गको व्याग भित्र अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको चाँदी फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

उनको साथबाट करिब रु. ३९ हजार ४ सय ६९ रुपैयाँ मूल्य पर्ने ५८३ ग्राम चाँदीको गरगहना फेला परेको र उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगन्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*