सिकर्मी डकर्मी मजदुर संघको भेला कोहल्वीमा
–अनिल प्रित
कोल्हवी, १६ जेठ । बाराको कोल्हवीमा श्री जय बिश्वकर्मा बाबा सिकर्मी डकर्मी मजदुर संघको भेला मंगलवार सम्पन्न भएको छ । नेपाल भित्र छरिएर रहेका सिकर्मी र डकर्मी मजदुरहरुले उचित पारिश्रमिक व्यवस्था गर्न, सिकर्मी डकर्मी पेशाको सुरक्षा सम्मान एवं समाजिक प्रेर र मित्रताको सद्भाव कायम राख्ने उदेश्यका साथ संस्था अग्रसर रहेको संघका अध्यक्ष रामचन्द्र चौधरीले बताए ।

भेलामा सम्पूर्ण सदस्यहरुलाई दोसल्ला ओढाई सदस्यता प्रमाण पत्र दिईएको संघका उपाध्यक्ष परिशन चौधरीले जानकारी दिए । भेलामा नव गठित समितिका अध्यक्ष रामचन्द्र चौधरी , उपाध्यक्ष परिशन चौधरी , कोषाध्यक्ष देवधारी बन्ठा थारु , सचिव श्रधाशंकर चौधरी र सह सचिवमा परमेश्वर सहनी सहित सयौ सिकर्मी डकर्मीहरुको उपस्थिती रहेको थियो । भेलाले विभिन्न निर्णयहरु गर्नुका साथै प्रत्येक महिनाको १५ गते बैठक हुने समेत जानकारी दिएको छ ।

