रोकी राखेको बसमा मोटरसाईकल ठोक्किदा २ जनाको मृत्यू

तु खबर संवाददाता
२०७५ जेष्ठ १५, मंगलवार १४:४५
File Photo

काठमाडौँ, १५ जेठ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरास्थित तिलिंगाटारमा आज बिहान भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त स्थानमा रोकिराखेको बा २ ख ६२३० नं को बसमा बा ३७ प ७३८० नं को मोटरसाइकल आज बिहान ४ः२५ मा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा निधन भएको छ ।

उक्त घटनामा मोटरसाइकल चालक बाराका ३५ वर्षीय मानबहादुर बलको मात्र परिचय खुलेको छ भने पछाडि सवार पुरुषको नाम नखुलेको महाशाखाले जनाएको छ ।(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*