जीप दुर्घटना हुँदा ३ जनाको मृत्यू

तु खबर संवाददाता
२०७५ जेष्ठ १५, मंगलवार १४:४३
File Photo

डडेल्धुरा, १५ जेठ । डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हँुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

घटनाको थप विवरण आउन बाँकी छ । आज बिहान करीब ८ बजे उक्त जीप धनगढीका लागि छुटेको थियो । जीपमा कति जना सवार थिए भन्ने यकीन छ्रैन । उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक जोशीको नेतृत्वमा प्रहरी गइरहेको जनाइएको छ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*