आफ्नै नातेदार पर्ने बालिकालाई पटक–पटक बलात्कार गर्ने पुरुषलाई ७ वर्ष कैद फैसला

तु खबर संवाददाता
२०७५ जेष्ठ १४, सोमबार १४:४८

तेह्रथुम, १४ जेठ । १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्तिको फैसला सुनाएको हो ।

उनलाई आफ्नै घरमा बस्ने नातेदार १५ वर्षे बालिकालाई पटकपटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गत वर्षको जेठमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

अदालतले उनलाई जबर्जस्ती करणी अपराधमा छ वर्ष कैद र हाडनाता करणीमा थप एक वर्ष कैद गरी जम्मा सात वर्ष कैद र रु ९० हजार क्षतिपूर्ति तोकेको अदालतका सूचना अधिकारी गोपाल खनालले बताउनुभयो । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*