धियाँलबाट भरुवा बन्दुक बाबुछोरा पक्राउ
मकवानपुर, १४ जेठ । अवैध भरुवा बन्दुकसहित मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ धियाँलबाट २ जना पक्राउ परेका छन् । प्रहरीले बकैया १ बस्ने ५० वर्षीय कलबहादुर घलान र १७ वर्षीय टेकबहादुर घलानालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय फापरबारी तथा प्रहरी चौकी हात्तिसुडेबाट खटिएको संयुक्त प्रहरी टोलीले बिष्फोटक पदार्थ लोड गरी पड्काउन तयारी अवस्थामा रहेको भरुवा बन्दुक नाल १ र गोली निर्माण गर्न आवश्यक पर्ने बारुद, छर्रा, गन पाउडर, बिष्फोटक पदार्थ सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
