ब्लड क्यान्सर पिडीत अनिलको जीवन बचाउको पुकार

तु खबर संवाददाता
२०७५ जेष्ठ १२, शनिबार १४:५०

खोटाङ, १२ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ब्लड क्यान्सरपीडित अनिल राईको जीवन रक्षाका लागि सहयोगको याचना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका नुनथलास्थित खाम्लाका १९ वर्षीय अनिलको उपचारमा समस्या भएपछि आफन्तले उनको जीवन रक्षाका लागि शुभचिन्तकसँग आर्थिक सहयोगको याचना गरेका हुन् ।

काठमाडाँैंस्थित सिभिल अस्पतालमा उपचार गराइरहेका अनिललाई ब्लड क्यान्सरको पहिलो चरण देखिएको भन्दै उपचार सम्भव हुने स्वास्थ्यकर्मीले बताएका छन् । अनिलको उपचार गर्न परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएकाले सबैमा मानवीय सहयोगको लागि हात फैलाउनु परेको उनका आफन्त भूवन राईले बताउनुभयो ।

अनिल बचाउका लागि आफ्नै दाजु जीवन राईको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर आर्थिक सहयोगको अपिल गरिएको छ । आर्थिक सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंकको १४२००६७३२२१० नम्बरको खाता सञ्चालन गरिएको जनाइएको छ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*