दीपक सुवेदीलाई थर्काउन पुगेकाहरुले मारेरै फर्किए

तु खबर संवाददाता
२०७५ जेष्ठ ११, शुक्रबार २०:४३

बारा / ६ महिनाअघि जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ बस्ने दीपक सुवेदी तथा उनकी धर्मपत्नी दीपा सुवेदीलाई राति विभिन्न हतियार प्रयोग गरी हत्या गर्ने अभियुक्तहरुलाई आज इलाका प्रहरी कार्यालय सिमरामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।

अभियुक्तलाई सार्वजनिक गरिसकेपछि बारा प्रहरी प्रमुख एसपी मिरा चौधरीले दीपकलाई तर्साउन भनी गएकाहरुले हातापायी पछि हत्या नै गरेर फर्किएको बताइन् । अत्यधिक रक्सी सेवन गरी लागूपदार्थसमेत खाएर सोही बाटो हुँदै गएका उनीहरुले एकलासमा घरमा वत्ती वलिरहेको देखी तर्साउने र धनमाल लुट्ने मनसाय बनाई त्यहाँ गएको तर त्यहाँ दुबै पक्षबीच हातापायी भएपछि अभियुक्तहरुले यस्तो जघन्य अपराध गरेको चौधरीको भनाई छ । अभियुक्त मध्ये एक रमेश थापासँग केही दिन अघि दीपकको विवाद भएको समेत प्रहरीको भनाई छ । सोही कारण उनीहरु दीपक दीपा रहेको घर पुगेका अनुुसन्धानले देखाएको छ ।

पक्राउ परेकाहरु यसअघि पनि चोरीमुद्धामा सजाय पाइसकेकाहरु रहेको बताउँदैन उनले कानून अनुसार कारवाहीको दायरमा ल्याउन कुनै कसर बाँकी नराख्ने समेत बताइन् ।

यो पनि पढ्नुहोस् : 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*