सरिखेतका आगलागी पीडितलाई काँग्रेसको सहयोग

तु खबर संवाददाता
२०७५ जेष्ठ ११, शुक्रबार १९:५४

मकवानपुर, ११ जेठ । नेपाली काँग्रेस साविक सरिखेत गाउँ कमिटिले आगलागी पीडित राक्सीराङ ३ घट्टेखोलाका ३ घरपरिवारलाई शुक्रबार नगद सहयोग गरेको छ । राक्सीराङ ३ घट्टेखोला निवासी ईन्द्रबहादुर योञ्जन, विकास योन्जन र सीमा मुक्तानलाई सरिखेत गाउँ कमिटिले ७–७ हजारका दरले जम्मा २१ ह्जार नगद सहयोग गरेको हो ।

नेपाली काँग्रेस साविक सरिखेत गाउँ कमिटि सभापति बिरेन्द्र जिम्बा र जिल्ला सदस्य ईश्वरकुमार रुम्बाले संयुक्तरुपमा सो नगद रकम हस्तान्तरण गरेका हुन् । ३ घर परिवारको जेठ १ गते राती घरगोठ जल्दा घरमा भएको अन्न, लत्ताकपडा, नगदसहित करिब ४० लाख बराबरको क्षति भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*