विद्यार्थीलाई विद्यालय पोषाक र शैक्षिक सामग्री बाँड्दै उपसभामुख राधिका तामाङ

तु खबर संवाददाता
२०७५ जेष्ठ ११, शुक्रबार १९:४३

नुवाकोट, ११ जेठ । प्रदेश नंम्बर ३ का उपसभामुख तथा पूर्व राज्यमन्त्री राधिका तामाङले विद्यालयका छात्र–छात्राहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेका छन् । तामाङका आमाबुवाको नाममा स्थापना भएको शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान मार्फत नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं १ र ३ का तीन वटा विद्यालयका ११० जना विद्यार्थीका लागि पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिउको हो ।

प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा शिवपुरी–३ का माङचेभूमे प्रावि, शिलाका प्रावि र वडा नम्बर १ स्थित खोलेखर्क आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीसहित विद्यालय पोषाक वितरण गरिएको हो । माङचेभूमे प्राविका कक्षा ३ सम्मका १८ जना र शिलाका प्रावि कक्षा २ सम्मका १५ जनालाई सहयोग प्रदान गरिएको हो । त्यस्तै खोलेखर्क आधारभूत विद्यायलका कक्षा ८ सम्मका ७७ जना विद्यार्थीहरुलाई वितरणकालागि विद्यालयका प्रधानाध्यापक विन्देश्वर शाह, व्यवस्थापन समितिका अध्यक्ष कविराज गुरुङ र शिक्षक बिरबहादुर तामाङलाई संयुक्त रुपमा पोषाक तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
सहयोग हस्तान्तरण पश्चात कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि तामाङले जिल्लाका विकट भूमिलाई अहिलेको अवस्थासम्म ल्याउन र आफुलाई राज्यको महत्वपूर्ण निकाय उपसभामुख बन्ने अवस्थासम्म आइपुग्नका लागि स्वर्गीय आमा राम्री तामाङको मुख्य भूमिका रहेको चर्चा गर्दै आफ्नी आमाको अधुरा सपना र गाउँका बासिन्दाहरुको चाहनालाई पुरा गरी समृद्ध गाउँ बनाउन प्रतिबद्ध रहेको बताईन् । कार्यक्रमलाई वडा नम्बर १ का सदस्य रेशम गुरुङ, समाजसेवी मिनबहादुर तामाङ, विद्यालय शिक्षक महेन्द्र केसीले सम्बोधन गरेका थिए ।

पञ्चायत काल देखि राजनीतिमा सक्रिय स्वर्गीय राम्री तामाङ माङचेभूमे प्रावि र शिलाका प्राविका संस्थापक हुनुका साथै खोलेखर्क आधारभूत विद्यायलका व्यवस्थापन समितिका सदस्य समेत रहेकी थिईन् । महिला स्वयंसेविका समेत रहनुभएकी राम्री तामाङ र नेपाली सेनाका निबृत्त स्वर्गीय शेरबहादुर तामाङले उक्त गाउँमा गरेका समाज सेवा र योगदानको सम्मान तथा निरन्तरसंगै स्वास्थ्य, शिक्षा र प्रांगारिक कृषि सम्बन्धी सेवा प्रवाह गरी स्वस्थ मानव समाज निर्मामा सहयोग पुर्याउने प्रतिष्ठानको उद्देश्य रहेको संस्थाका कोषाध्यक्ष डिबि तामाङले बताए ।

खोलेखर्क आधारभूत विद्यायलको उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण पनि संयुक्तरुपमा भएको उक्त कार्यक्रमको अध्यक्षता सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कविराज गुरुङले गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राजकुमार तामाङको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*