महिला मिलनद्वारा पदमपोखरीमा ७ दिने उद्यमशिलता व्यवसायिक तालिम
हेटौँडा, ११ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ७ दिने उद्यमशिलता व्यवसायिक तालिम प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र साना तथा घरेलु उद्योगको प्राविधिक सहयोगमा तालिम आज सम्पन्न भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमूख अतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । तालिममा व्यवसाय, यसका महत्व, लघु उद्यम, सफल उद्यमी हुनको लागि आवश्वयक गूण , बजारीकरण, विक्रयकल, आम्दानी आयआर्जन र स्वरोजगार बारे सहजीकरण गरिएको थियो । सो सहकारीमा आवद्ध शेयर सदस्यका साना व्यवसाय गरिरहेका परिवारलाई तालिम दिईएको संस्थाका व्यवस्थापक फुलमाया मोक्तानले जानकारी दिईन् ।

कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष मनोज कुमार वाईवा, जिल्ला समन्वय समितिका गिता मैनाली, साना तथा घरेलु उद्योगका सचिव चन्द्रमती अधिकारी, समाजसेवी सिताराम बर्तौला, सहकारीका निवर्तमान अध्यक्ष लक्ष्मी थिङ, प्रशिक्षक घरेलु तथा साना व्यवसाय कार्यालयका वरिष्ठ उद्यम विकास सहर्जकर्ता विकास श्रेष्ठ, लेखमान राउत लगायतको उपस्थिति रहेको थियो ।
