हेटौँडामा जेठ १३ गतेदेखि साफ च्याम्पियनसिप फुटबलको छनौट खेल हुने

तु खबर संवाददाता
२०७५ जेष्ठ ११, शुक्रबार १८:०२
file-photo

हेटौँडा, ११ जेठ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही जेठ १३ देखि १५ गतेसम्म हेटौँडाको हुप्रचौरमा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि छनौट खेल संचालन हुने भएको छ ।

आउँदो २० अगष्टदेखि २८ अगष्ट सम्म भुटानको राजधानी थिम्पुमा हुने अण्डर १५ महिला साफ च्याम्पियनसिप फुटबल तथा २८ अगष्ट देखि ७ सेप्टेम्बरसम्म थिम्पुमा नै हुने अण्डर १८ साफ च्याम्पियनसिप फुटबलको प्रतियोगिताका लागि छनौट खेल हुन लागेको हो । छनौट खेलमा सहभागी हुनका लागि समेत संघले आग्रह गरेको छ । खेलाडी छनौटको लागि मकवानपुरमा फिफा रेफ्री कल्पना शर्मा तथा एन्फाका कोच विजयलाल श्रेष्ठ सहित जिल्ला फुटबल संघ मकवानपुरलाई समेत सम्पर्क गर्नको लागि समेत संघले आग्रह गरेको छ ।

मकवानपुरमा पहिलो चरणबाट छनौट भएका खेलाडीहरुले रौतहटमा हुने दोश्रो चरणको छनौट खेलमा सहभागी हुनुपर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*