इलाममा प्याराग्लाइडिङ परीक्षण उडान

तु खबर संवाददाता
२०७५ जेष्ठ ११, शुक्रबार १५:३७
file-photo

ईलाम, ११ जेठ । पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ । सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो । इलाम सोसाइटी युकेकी संस्थापक अध्यक्ष सुमित्रा राईको पहलमा उडानको केही दिनदेखि प्रयास भइरहेको थियो ।

पाइलट विवेक शम्शेर राणाले प्याराग्लाइडिङ उडाएका थिए। प्रशस्तै पर्यटकीय क्षेत्र भएको इलाममा प्याराग्लाइडिङले थप पर्यटक भित्र्याउने यहाँका पर्यटन व्यवसायीले आशा लिएका छन् । यहाँ रहेका पर्यटकीय क्षेत्रलाई प्याराग्लाइडिङका माध्यमबाट नियाल्न सहज हुने बताइएको छ ।

इलाममा अब यसैसम्बन्धी कम्पनी खोलेर काम अघि बढाइने वताइएको छ । यहाँ प्याराग्लाइडिङ उडेपछि पर्यटकीय नगर पोखरा र इलामबीचको सम्बन्ध अझ नजिक हुने अध्यक्ष राईको विश्वास छ ।–रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*