कारुणिक गीत ‘बोल माया’ को भिडियो एक नम्बर ट्रेण्डिङमा
–चन्द्र घलान
हेटौँडा, १० जेठ । गायक तथा मोडल प्रकाश सपूतको मार्मिक गीत ‘बोल माया’ को म्यूजिक भिडियो युट्युबमा नम्बर १ ट्रेण्डिङमा परेको छ । यो गीतको भिडियोलाई यो सामग्री तयार पार्दाको समयमा १२ लाख १३ हजार भन्दा बढी पटक हेरिएको छ । र यो क्रम बढ्दो छ । यो गीतको संगीत र शब्दलाई गायक तथा मोडल प्रकाश सपूतले जति मार्मिक बनाएका छन् त्यसलाई अन्याय नहुने गरि शब्दलाई दृश्यमा भिजाउने अनि दर्शकको आँखा रुझाउने गरि भिडियो तयार पारेका छन् ।
प्रकाशको शब्दलाई उनीसहित नारायण रायमाझी र शान्ति श्री परियारले भावमा डुबेर आवाज दिएका छन् । श्रीमतीको भूमिकामा अञ्जली अधिकारीले जीवन्त अभिनय गरेका छन् । बाध्यतामा कमाउन भनि विदेश गएका श्रीमान गुमाउनुको पिडा, धर्ती नटेकेको गर्भको निर्दोष शिशुले बुवाको मुख हेर्न नपाएका कारुणिक दृश्यलाई करन चैँसिरले क्यामेरामा कैद गरेका छन् । प्रकाशकै निर्देशनमा बनेको म्यूजिक भिडियोमा सितारे गन्धर्व तथा बालकलाकार डिपलभ वि.क. र खुशी थापाले रमाईलो अभिनय गरेका छन् ।
गीतमा गोपाल देवको बाँसुरी, धर्म गन्धर्वको साराङ्गी र खर्क बुढाको मादल रहेको छ । हेर्नुहोस् भिडियो–
