सेती नदीले बगाएर ७३ वर्षीय वृद्धको मृत्यु, एक जना बेपत्ता

तु खबर संवाददाता
२०७५ जेष्ठ ९, बुधबार २०:४७

तनहुँ ९ जेठ । सेती नदीले बगाएर आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका– ५ कन्टार बस्ने ७३ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरबाट नुहाउन जान्छु भनी हिँडेका विकको नदीले बगाएर मृत्यु भएको हो । विकको शव बिसघरेको गुम्बा नजिकै तैरिएको अवस्थामा भेटिएको थियो ।

यसैगरी, व्यास नगरपालिका– १३ बेलवासस्थित न्यूरोघारी नजिकैबाट आज सेती नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २७ वर्षीय मीनबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
ढँुंगामा बसेर बल्छी खेल्दै गरेका गुरुङ एक्कासी खसेर सेती नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुने ती युवकको खोजी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*