हेटौँडाबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ ९, बुधबार १८:१०

हेटौँडा, ९ जेठ । मकवानपुरको हेटौँडाबाट अवैध लागुऔषध गाँजा सहित बुधबार बिहान २ जना पक्राउ परेका छन् । प्रहरीले कुल ११ केजी गाँजा सहित चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ बस्ने २५ वर्षीय प्रेमलाल तामाङ र बाराको निजगढ नगरपालिका वडा नम्बर ११ बस्ने ६५ वर्षीय रत्नबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

बुधबार बिहान करिब साढे ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१५ स्थित रातोमाटे चेकपोष्टमा चितवनबाट बिरगंजतर्फ जाँदै गरेको ना ४ ख ९३५३ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा सोहि बसमा सवार उनीहरुलाई शंका लागि खानतलासी गर्दा दुबैको साथबाट ५ केजी ५०० ग्राम गरि जम्मा ११ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई लागू औषध ऐन २०३३ बमोजिम मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक मधुकुमार थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*