चोरीको मोटरसाईकल सहित एक पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ ९, बुधबार ०९:४५

मेलम्ची, ९ जेठ । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित मंगलबार एकजनालाई पक्राउ गरेको छ । नियमित चेकजाँचको क्रममा बा ७३ प ८९५४ नम्बरको २२० सिसीको कालो–निलो पल्सर मोटरसाइकलसहित मेलम्ची–३, हैबुङका २५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको सिन्धुपाल्चोक जिल्लाका ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

जाँचगर्ने क्रममा नक्कली नम्बर प्लेट राखी हिँडेका तामाङलाई मेलम्ची ट्राफिक प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । काठमाडौँको चावहिलबाट हराएको उक्त मोटरसाइकल धनी रामेछाप जिल्ला टेकनपुर घर भएका धनबहादुर थापामगर भएको ट्राफिक प्रहरी प्रल्हाद दाहालले जानकारी दिनुभयो ।(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*