नेपाल सरकारले माग्यो फेसबुकसँग १ सय १० वटा एकाउन्टको विवरण

तु खबर संवाददाता
२०७५ जेष्ठ ९,बुधबार ०९:११

काठमाडौँ, ९ जेठ । नेपाल सरकारका विभिन्न निकायले समेत फेसबुकसँग विभिन्न एकाउन्टको बारेमा विवरण माग गरेको छ । नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्ट सम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

फेसबुकले यसै साता सार्वजनिक गरेको आफ्नो ट्रान्सपरेन्सी रिपोर्टमा नेपाल सरकारबाट पटक–पटक गरी एक सय १० फेसबुक एकाउन्टको विवरण माग भएको जनाएको छ । तीमध्ये केहीको मात्रै विवरण उपलब्ध गराइएको फेसबुकको रिपोर्टमा उल्लेख गरिएको छ । सन् २०१७ को जनवरीदेखि जुनसम्ममा नेपाल सरकारका विभिन्न निकायबाट ४३ पटकमा ६७ वटा एकाउन्ट सम्बन्धी विवरण माग भएको थियो । तीमध्ये ४१ वटा एकाउन्टको विवरण कानुनी प्रक्रियाको क्रममा माग गरिएको थियो । २ वटा एकाउन्ट विवरण भने आपत्कालिन परिस्थितिमा माग भएको रिपोर्टमा उल्लेख छ ।

यस्तै, जुलाईदेखि डिसेम्बरसम्म ६ महिने अवधिमा ६७ प्रयोगकर्ताको विवरण माग गरिएको फेसबुकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । नेपाल सरकारका निकायले ४३ कानुनी प्रक्रियामा रहेका ६३ एकाउन्टको विवरण माग गरेको थियो । सो अवधिमा ४ वटा एकाउन्टको विवरण आपत्कालिन भन्दै मागिएको फेसबुकले जनाएको छ । फेसबुकले आफ्नो वार्षिक ट्रान्सपरेन्सी रिपोर्टमा संसारका विभिन्न देशका सरकारी निकायले माग गरेको विवरणसम्बन्धी तथ्यांकसमेत सार्वजनिक गर्दै आएको छ । कम्पनीले सन् २०१३ देखि वार्षिकरुपमा यस्तो रिपोर्ट सार्वजनिक गर्दै आएको छ । सबैभन्दा धेरै विवरण अमेरिका, भारत, जर्मनी, फ्रान्सजस्ता देशले माग्दै आएको फेसबुकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*