अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस समितिका विध्यार्थीहरुको ध्यानाकषर्णपत्र मकवानपुरको सिडियो समक्ष, के छ ध्यानाकर्षणपत्रमा ?

तु खबर संवाददाता
२०७५ जेष्ठ ८, मंगलवार २०:५८

मकवानपुर ८ जेठ । अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पसका विध्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई मकवानपुरमा रहेको सवारी समस्याको विषयमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।

सवारी साधन अनियमित र अव्यवस्थीत भएको साथै सवारी भाडा पनि निकैनै उच्च रहेको कारण जिल्लाका सम्पुर्ण विध्यार्थीहरुलाई क्याम्पससम्म आवत जावत गर्न आर्थिक भार पर्ने बिषय ध्यानाकर्षणपत्रमा उल्लेख गरीएको छ ।
साथै सवारी साधनहरुले विध्यार्थीहरुको विध्यार्थी परिचयपत्र देखाउँदा समेत कुनै किसिमको छुट नदिएको जनाईएको छ । बजारको सडकनै अस्त व्यस्त हुनेगरी सवारी साधन संचालनमा रहेतापनि सवारी व्यवसायीहरुको विध्यार्थीहरु प्रति कुनै सहुलिएतपुर्ण व्यवहार नगरेको संगठनको भनाई छ ।
विभिन्न रुटबाट गुडने सवारी साधनहरु विहान तथा बेलुकाको समयमा नपाईने समस्याको समाधानमा समेत चासो देखाई सवारी समस्या सुल्झाउन साथै सवारी भाडा छुट गर्नको लागि पहल गर्न समेत संगठनले मकवानपुरको प्रशासन र सुरक्षा निकाय समक्ष आज ध्यानाकर्षणपत्र बुझाएको हो ।
संगठनका मकवानपुर बहुमुखी क्याम्पस समितिका अध्यक्ष रामकृष्ण सिवाकोटीले आज जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*