पत्रकार उपचार कोषमा शिवमको ३ लाख सहयोग, हेटौँडा अस्पताललाई डाईलासिस मेसिन

तु खबर संवाददाता
२०७५ जेष्ठ ८, मंगलवार १९:५८

मकवानपुर, ८ जेठ । नेपाल पत्रकार महासंघ मकवानपुरले सुरु गरेको पत्रकार उपचार कोषमा मकवानपुरको हटियामा सञ्चालनमा रहेको शिवम सिमेन्ट्सले ३ लाख ५१ रुपैयाँ सहयोग गरेको छ । आज पत्रकार महासंघ मकवानपुरको हलमा आयोजित कार्यक्रममा शिवमका कार्यकारी निर्देशक रघुनन्दन मारु र हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई तीन लाख ५१ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै शिवम सिमेन्ट उद्योगले हेटौंडा उपमहानगरपालिका मार्फत हेटौंडा अस्पताललाई मृगौलाका रोगीहरुका लागि डाईलासिस गर्नका लागि सजिलो होस् भन्ने उदेस्यले डाईलासिस मेसिन दिने संझौता पत्रमा पनि आजै हस्ताक्षर भएको छ । संझौतापत्रमा उपमहानगरपालिकाका मेयर महत र शिवमका मारुका बिचमा हस्ताक्षर भएको हो । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हुमागाईको रोहबरमा संझौतापत्रमा हस्ताक्षर गरिएको हो ।

पत्रकार महासंघ मकवानपुर साखाले गम्भिर बिरामी परेका पत्रकारहरुका लागि कोषमा जम्मा भएको रकमको ब्याजबाट सहयोग गर्नेगरी उपचार कोषको सुरुवात गरेको हो । कार्यक्रमका प्रमुख अतिथि उपमहानगरपालिकाका मेयर महतले पत्रकार उपचार कोषमा उपमहानगरपालिकाले पनि रकम दिने घोषणा गरेका छन् । उद्योगहरुले सामाजिक क्षेत्रमा पनि आफ्नो लगानी बढाउँदे लैजानुपर्ने बताउँदै उनले मिडीयाका कारणले धेरै महत्वपुर्ण कामहरु भईरहेको बताए । उनले राम्रो कामका निम्ती मिडियाले महत्वपुर्ण सहयोग गरेको बताए ।

कार्यक्रममा शिबमका प्रमुख मारुले आफुहरुले सामाजिक क्षेत्रमा गर्ने सहयोग अनुसार पत्रकार उपचार कोषमा रकम हस्तान्तरण गरिएको बताए । त्यसैगरी हेटौँडा अस्पतालमा उपचार गर्न आउने बिरामीहरु अन्यत्र उपचारका निम्ती जानु नपरोस् भनेर पनि डाईलासिस मेसिन दिने संझौता गरिएको बताए । अबका दिनहरुमा पनि समाजिक क्षेत्रमा सहयोग बढाईने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले पत्रकार उपचार कोषलाई अझै प्रभाबकार िरुपमा अगाढि बढाईने बताए । यो कोषमा सबै क्षेत्रको लगानी बृद्धि गरेर पिडामा परेका पत्रकारका निम्ती सहयोग गरिने बताए । पत्रकार उपचार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको छ । हाल सम्म पत्रकार महासंघको उपचार कोषमा पाँच लाख रुपैयाँ सहयोग जुटेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*