नेपाली चलचित्रले शान्ति र समृद्धिलाई झल्काउन सक्नुपर्छ : बाँनिया
मकवानपुर ७ जेठ । नेपाली काँग्रेस ३ नम्वर प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बाँनियाले नेपाली चलचित्रले समाजको वास्तविकतालाई झल्काउन सक्नुपर्ने बताएका छन् । चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा आज हेटौंडामा भएको चलचित्र पत्रकारिता सम्मान र कलाकारिता सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बाँनियाले अब बन्ने नयाँ चलचित्रले समाजको यर्थाथपनलाई उर्तान सक्नेखालको हुनुपर्ने बताए ।

उनले भने “अब बन्ने चलचित्र द्धन्द र बलिदानको भन्दा पनि शान्ती र समृद्धि झल्काउने खालको हुनुपर्छ ,अनिमात्र नेपाली चलचित्र जगतले फड्को मार्न सक्छ ।”
कार्यक्रममा पत्रकारिताको क्षेत्रबाट चलचित्र जगतमा महत्वपुर्ण योगदान गर्ने मकवानपुरका पत्रकार रामकुमार एलनलाई नगद सहित सम्मान गरीएको थियो ।
साथै राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७५ बाट पत्रकार डब्बु क्षेत्रीलाई सम्मान गरीएको थियो । त्यसैगरी कलाकारिता पुरस्कारतर्फ मकवानपुरकी अभिनेत्री निता ढुङगाना र कलाकार सुसान्त श्रेष्ठलाई सम्मान गरीएको थियो । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका चलचित्रकर्मी र पत्रकारहरुकोे उपस्थिति रहेको थियो ।
