विप्लव नेतृत्वका २ जिल्ला सदस्य पक्राउ गर्न मकवानपुर प्रहरीले गर्यो हवाई फाएर

तु खबर संवाददाता
२०७५ जेष्ठ ७, सोमबार १५:३६
फोटो : गुगल

मकवानपुर ७ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जना जिल्ला सदस्यलाई पक्राउ गरेको छ । हिजो साझँ विषेश सुचनाको आधारमा २ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा बिप्लव माओवादीका जिल्ला सदस्य बागमती गाउँपालिका ६ बस्ने धन बहादुर थिङ र मनहरी गाउँपालिका २ बस्ने देव बहादुर थिङ रहेका छन् ।
उनीहरूलाई हेटौडा–११ सिमलटारबाट पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी तु खबरलाई जानकारी दिए ।

श्रेष्ठका अनुसार सूचनाका आधारमा जिल्ला प्रहरीको टोलि पक्राउ गर्न हेटौंडा ११ सिमल्टार पुग्दा आफुहरुमाथिनै आक्रमणको प्रयास समेत भएपछि आफुहरुले एक राउण्ड हवाई फाएर समेत गरी पक्राउ गरीएको उनको भनाई छ ।
पक्राउ परेका दुवै थि«ङलाई मकवानपुर प्रहरीले पहिले देखिनै खाजिरहेको र हिजो पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको एसपी श्रेष्ठको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*