हेटौँडाबाट पेस्तोल र सुतली बम सहित ३ युवक पक्राउ

तु खबर संवाददाता
२०७५ जेष्ठ ७, सोमबार १४:५७
File Photo

मकवानपुर, ७ जेठ । हेटौँडा उपमहानगरपालिका–३ बस्ने ३६ बर्षीय जोकर मोक्तानसहित ३ जनालाई कटुवा पेस्तोल ३ थान र सुतली बम लगायतका विस्फोटक सामाग्रीसहित आईतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मोक्तानको साथबाट १ थान सुतली बम, नलकटुवा पेस्तोलमा लाग्ने गोली ११ राउण्ड र थ्रिनटथ्रि राईफलको गोली १ राउण्ड, पटका १० थान, मोबाईल १ थान, लाईट ३ थान र चुस्ता १ थान समेत फेला परेको छ ।

प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका–३ स्थित पुर्व पश्चिम राजमार्गको तिन ताप्के भन्ने स्थानमा सवारी साधन जाँच गर्ने क्रममा हेटौँडा बजारतर्फ आउदै गरेको नम्वर नखुलेको म्याजिक भ्यानबाट ३–४ जना शंकास्पद व्यक्ति झरेर भागेपछि प्रहरीले पिछा गर्दै जाँदा मोक्तानलाई उक्त हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्य फरार व्यक्तिहरु र म्याजिक भ्यानको खोजतलास गर्ने क्रममा सोही उपमहानगरपालिका–११ स्थित सिमलटार डेरा गरी बस्ने मनहरी गाउँपालिका–२ का २० बर्षीय देब कुमार थिङ र फापरबारीका ३३ बर्षीय धन बहादुर थिङलाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*