हेटौँडामा करिब १८ लाख लागतमा नागस्वती पार्कको निर्माण हुँदै

तु खबर संवाददाता
२०७५ जेष्ठ ७,सोमबार १३:२८

हेटौँडा, ७ जेठ । मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा सोमवार नागस्वती पार्कको शिल्यान्यास गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको रु १५ लाख बजेट र हेटौँडा ७ नागस्वतीका उपभोक्ताको रु २ लाख ८५ हजार २ सय ८५ रुपैयाँ सहित करीब १७ लाख ८० हजार २ सय पचासी रुपैयाँको लागतमा पार्कको निर्माण गरिन लागेको हो । पार्कको आज हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिल्यान्यास गरेका हुन् । नागस्वती पार्कलाई नमुना पार्क निर्माण गर्नका लागि हेटौँडा उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने मेयर महतले प्रतिवद्धत्ता जनाएका छन् ।

तस्बिर–कपिल खड्का

मेयर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ७ नम्बर वडाका वडा अध्यक्ष राजन थापासहित हेटौडा ७ नागस्वतीका स्थानियहरुको उपस्थिती रहेको थियो । कार्यक्रम नागस्वती पार्क समितिका अध्यक्ष नवराज खतिवडाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*