सन्दीप लामिछानेको बलिङमा दिल्लीको जीत

तु खबर संवाददाता
२०७५ जेष्ठ ६, आईतवार २०:४७

मकवानपुर । दिल्लीसँग पराजित भएपछि मुम्बई जारी आइपीएलबाट बाहिरिएको छ । पहिलो ब्याटिङ गरेको दिल्लीले मुम्बइलाई ११ रनले पराजित गरेको हो । आफ्नो अन्तिम खेलमा दिल्ली डेयरडेविल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको हो ।

पहिले व्याटिङ गरेको दिल्लीले तोकिएको २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । जवाफमा मुम्बई १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो । मुम्बइलाई सस्तैमा समेट्ने क्रममा नेपाली लेग स्पीनर सन्दीप लामिछाने को महत्वपूर्ण योगदान रह्यो । उनले ४ ओभर बलिङ गरे । त्यस क्रममा ३६ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै अमित मिश्राले पनि ३ विकेट लिएपछि मुम्बई खेलमा फर्कन असफल भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*