वरियता मिचिएकोमा एमाले नेता खनाल आक्रोशित

तु खबर संवाददाता
२०७५ जेष्ठ ६, आईतवार २०:३०
file-photo

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका सन्दर्भमा मिचिएको बरियताक्रम प्रति निकै असन्तुष्टी जनाएका छन् ।

अनलाइन खबरमा उनले अन्तर्वार्ता दिँदै ओली र माधब नेपालले तोकेको बरियताक्रम आफूलाई स्वीकार नहुने स्पष्ट पारेका छन् । ओली र नेपालले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप समेत खनालले लगाएका छन् । सो अन्तर्वार्तामा खनालले स्वास्थ्य उपचारको सिलसिलामा चिन गएका बेला यहाँ अनावश्यक हल्ला चलाएर चरित्र हत्या गर्न खोजिएको समेत बताएका छन् ।

ओली र नेपालको मिलेमतोमा पार्टीभित्र दमनचक्र चलाउन खोजिएको छ, लामो अन्तर्वार्ताका क्रममा नेता खनालले भनेका छन्, पार्टी एकता हुने अघिल्लो दिन ओली र आफू एउटै कार्यक्रममा हुँदा समेत एकताबारे जानकारी दिइएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*