कमानेबाट ३६ लिटर जाँड बरामद, ५ वटा भाँडा नियन्त्रण

तु खबर संवाददाता
२०७५ जेष्ठ ६, आईतवार १८:०८

मकवानपुर, ६ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेबाट घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ (जाँड) तथा मदिरा बनाउने भाँडाहरु नियन्त्रणमा लिइएको छ ।

जेठ ६ गते ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौँडा–८ कमाने चौवन्न धुरीको बिभिन्न स्थानबाट घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ ३६ लिटर तथा मदिरा बनाउने ५ वटा भाँडाहरू समेत बरामद गरी आवश्यक कानुनी प्रक्रियाको लागि पठाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*