खाद्य ऐन अनुसार मकवानपुरमा २७ वटा मुद्दा दायर

तु खबर संवाददाता
२०७५ जेष्ठ ६, आईतवार १७:३५

हेटौंडा ६ जेठ । हामी सबैको सरोकार खाद्य श्रृंखलामा स्वच्छता र गणस्तर भन्ने मुल नाराका साथ क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले जेठ महिना भरी देश व्यापि रुपमा खाद्य स्वच्छता सम्बन्धि प्रचार प्रसार लगायतका माध्यमबाट विभिन्न कार्यक्रम गरी दिवस मनाउने जानकारी दिईएको छ ।

महिना भरि मनाईने सो दिवसका लागि जेठ ६ देखि ८ गते सम्म विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने , कार्यालय सरसफाई, विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत जिल्ला निरिक्षण ईकाई चितवन, पर्सा लगायतको जिल्लामा खाद्य स्वच्छता सम्बन्धि कार्यक्रम गरिने कार्यालयले जनाएको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

साथै हाल सम्मका गतिविधि तथा खाद्य गुणस्तरका विषयमा जानकारी समेत आदान प्रदान गरिएको थियो । कार्यालयले खाद्य तथा मानव स्वास्थ्यमा विशेष ध्यान दिन उपभोक्ता व्यापार व्यवसायि लगायत आम सरोकारवाला निकाय तथा नागरिक समाज पत्रकार लगायत सँग अनुरोध गर्दै दिवस सफल पार्न सबैलाई आग्रह समेत गरेका छ ।

कार्यक्रमका बिच सहभागिहरुलाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले हाल सम्मको अनुगमनका अवस्थामा जानकारी गराउदै आथिृक वर्ष २०७४।७५ मा खाद्य ऐन अनुरुप ४७२ वटा खाद्य नमुनाहरु संकलन गरी प्रयोगशालामा परिक्षण गरीएकोमा ५४ वटा प्रतिकुल पाईएको र ६९ वटा खाद्य तथा दाना उद्योगहरु उपर मुदा दायर गरिएको बताएको छ । जस मध्ये मकवानपुरमा २७, सर्लाहीमा ८ सिन्धुलिमा ३ , रौतहटमा ३ बारामा १९ र पर्सामा ९ वटा मुद्धा दायर गरिएको बताईएको छ । विभिन्न समयमा खाद्य सम्बन्धि प्रचार प्रसार लगायतका कार्यक्रम गरी चेतना अभिवृद्धि गर्ने लगरेको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*