मुख्यन्यायाधीवक्ता न्यौपानेले अझै छोडेनन् रेडक्रसको अध्यक्ष
मकवानपुर । प्रदेश नम्बर ३ का मूख्यन्यायाधीवक्ता सूर्यचन्द्र न्यौपाने अहिले पनि रेडक्रस सोसाइटी जिल्ला अध्यक्ष छन् । लामो समयदेखि रेडक्रसमार्फत् सामाजिक कामा संलग्न उनी मूख्यमन्त्री डोरमणि पौडेलले सरकारको कानूनी सल्लाहकारमा नियुक्त गरेको लामो समय भइसकेको छ । उनले मूख्यन्यायाधीवक्ताको रुपमा कार्यभार समेत सम्हालिरहेका छन् ।
तर, अन्तर्राष्ट्रिय समाजिक सस्था ( आइएनजीओ ) रेडक्रसको मकवानपुर अध्यक्षको रुपमा अहिले पनि संलग्न छन् । यो कानूनी र बैधानिक हिसाबले अलिकति पनि नमिल्ने कुरा हो, अधिवक्ता स्वागत नेपालले भने । उनका अनुसार, नैतिक रुपमा त झन् मिल्दै मिल्दैन ।
यसै विषयमा तु खबरले मूख्यन्यायाधीवक्ता न्यौपानेलाई तपाइ अझै पनि रेडक्रसको अध्यक्षको हैशियतमा काम गरिरहनु भएको छ, यसो गर्न मिल्छ भनी सोधेका थियौ । उनले आफू मूख्यन्यायाधीवक्ता भए पनि रेडक्रसको अध्यक्षको रुपमा काम गर्न कसैले रोक्न नसक्ने प्रतिक्रिया दिए ।
अधिवक्ता स्वागत नेपालका अनुसार, मूख्यन्यायाधीवक्ता यसरी विदेशी गैरसरकारी सस्थाको अध्यक्षको रुपमा कार्य गर्न कदापी मिल्दैन ।
न्यौपानेले रेडक्रसलाई अहिले बलियो अवस्थामा ल्याइपुर्याउन आफूले निकै मेहनेत गरेको स्मरण गर्दै सो सस्थालाई अझ प्रभावकारी बनाउन साथीहरुले मलाई नछोड्नुुस् भनेका छन् । म त्यहाँ भएर सस्थानै वलियो हुनेहो, उनले भने ।



