पहिरो पन्छाएर सवारीसाधन सन्चालन
काठमाडौं, ६ जेठ । आज बिहानको पहिरोले रोकिएको नारायणगढ मुग्लिङ सडक सन्चालनमा आएको छ । बिहान साढे ५ बजे इच्छा मनकामना गाउँपालिका वडा नं. ६ कालीखोलामा पहिरो खसेपछि सडकमा सवारी अवरुद्ध भएको थियो ।
पहिलो हटाएर सवारी संचालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । सवारीसाधनहरु लेन मिचेर रोकिएका कारण पहिलो पन्छाइसकेपछि पनि सवारीसाधन चल्न केही समय लागेको थियो ।
