बाम एकता २ वर्ष पनि नटिक्ने नेता भण्डारीको दावी

तु खबर संवाददाता
२०७५ जेष्ठ ५, शनिबार २०:३२

हेटौंडा, ५ जेठ/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीले हिजो भएको कम्युनिष्टहरुको बाम एकता २ वर्षपनि नटिक्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान हेटौंडा ईकाई आयोजनामा भएको नेविसंघको वार्षिक मुखपत्र सुनगाभा विमोचन कार्यक्रममा शनिबार बोल्दै प्रमुख अतिथि भण्डारीले नेपालका कम्युनिष्टहरुको विगतमा पटकपटक नाडी छामिसकेकोले यो एकता २ वर्षपनि नटिक्ने दावी गरे ।

कम्युनिष्टहरुको सिद्धान्त नै उग्रता, उदण्डता र अराजकता भएकाले कहिल्यै विश्वास गर्न नसकिने बताउँदै केन्द्रीय सदस्य भण्डारीले एकताप्रति व्यङ्ग्य गरे ।
काँग्रेसको केही कमीकमजोरी रहेको स्वीकार्दै यो तीन चरणको निर्वाचनबाट पाठ सिकिसकेकोले अव पार्टी एकढिक्का भएर लाग्नेमा ढुक्क हुन आग्रह गर्दै काँग्रेस कम्युनिष्ट जस्तो धनी, गरिब, धर्म जातको भेदभाव नगर्ने पार्टी भएकोले विद्यार्थीहरुलाई त्यसको अनुशरण गर्न आग्रह गरे ।

त्यसैगरी नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले काँग्रेस इतिहास भएको पार्टी भएकाले ईतिहासको कुरा गर्दा कसैलाई टाउको दुख्न नहुने बताए । इकाई सभापति पंकजकुमार ठाकुरको सभाध्यक्षतामा भएको बार्षिक मुखपत्र सुनगाभा बिमोचन कार्यक्रममा अतिथिहरु नेविसंघ उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र पवनकुमार यादव, काँग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोईराला, नगर सभापति आनन्दराम पराजुली, तरुण दल अध्यक्ष ईश्वर पाठक, क्याम्पस प्रमूख कृष्णप्रसाद दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*