बालकको विवाह कुकुरसँग

तु खबर संवाददाता
२०७५ जेष्ठ ५, शनिबार १३:४६

एजेन्सी ५ जेठ / पूर्वी भारतमा एक बालकको छिमेकीको कुकुरसँग विवाह भएको छ । बेहुलालाई जंगली जनावरको आक्रमणबाट बचाउन र दुर्भाग्यबाट जोगाउन उडिसा राज्यको जयपुर जिल्लाको जनजातिको समुदायमा यस्तो विवाह गरिएको हो ।

विवाहमा एक सय ५० भन्दा बढी मानिस सहभागी थिए । बालकको गिजामा दुई दाह्रा पलाएपछि बालकलाई भविष्यमा हुन सक्ने खराब भाग्यबाट जोगाउने अन्धविश्वासमा सो संस्कार गरिएको हो ।

गिजामा दाह्रा पलाउने व्यक्ति भविष्यमा बाघ–हात्तीजस्ता तिखा दाँत भएका जनावरको आक्रमणमा पर्न सक्ने खराब विश्वास मुन्डा जनजातिमा छ ।

विवाहपछि उनीहरूका भगवान्ले बालकलाई आशीर्वाद दिने र भूतआत्मा अन्त्य गरिदिने पनि विश्वास छ ।

‘बालकमा भविष्यमा आउन सक्ने श्रापबाट मुक्त पार्न छोराको विवाह गरिदिएका हौँ,’ बालकका बाबु सनारुमला मुन्डाको भनाइ उद्धृत गर्दै एक स्थानीय पत्रिकाले जनाएको छ ।

– नया पत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*