स्याङ्जा पुगेर मन्त्री लालबाबु पण्डितले के भने ?

तु खबर संवाददाता
२०७५ जेष्ठ ५, शनिबार १३:१९

स्याङ्जा । एमाले र माओवादी केन्द्रको एकतापछि स्याङ्जा पुगेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सबै तहको निर्वाचन सकिएकाले संक्रमणकालको अन्त्य भएको बताएका छन् ।

सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमेतलाई भेला पारेर निर्वाचनपछि संक्रमणको अन्त्य भएपनि कर्मचारीको संक्रमण नसकिएको बताए । राजनीतिक संक्रमणको अन्त्य भयो तर कर्मचारीहरुको अझै बाँकी छ, उनले सो कार्यक्रममा भने ।

सबै तहको सरकारलाई सहयोग गर्ने जिम्मेवारी कर्मचारीको काँधमा भएपनि कर्मचारीहरु खटाएको ठाउँमा नगएको मन्त्री पण्डितले बताए । खटाइएको ठाउँमा नगएर सरकारले त्यस्ता कर्मचारीलाई विदा गर्ने दावी उनको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*