नयाँ बानेश्वरमा नेकपाको संसदीय दलको बैठक
काठमाडौं– एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै पहिलो पटक संसदीय दलको बैठक बसेको छ ।
बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका साथै पार्टी एकीकृत भइसकेपनि संसदमा खेल्ने भूमिकाका विषयमा छलफल हुने छ ।
