पेस्तोल र दुई राउण्ड गोलीसहित एक जना पक्राउ
पर्सा / भारत मोतीहारी कोडिहारग्राम १९ रक्सौल बस्ने २३ वर्षीय अभिरञ्जन साहलाई घरायसी पेस्तोल १ थान र पेस्तोलको गोली २ राउण्ड सहित प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एम ९२५४ नम्बरको मोटरसाइकललाई वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटमा प्रहरीले जाँच गर्ने क्रममा सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी साहलाई प्रहरीले पक्राउ गरेको हो ।
