अब संगठन र विकास निर्माण लाग्नुस्ः नेता बानियाँ
हेटौंडा / नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अबका दिनमा पार्टीको संगठन र जनतासंग प्रत्यक्ष सहभागी भएर जनताले प्रत्यक्ष अनुभव गर्नेगरी विकास निर्माण लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार भएको अन्र्तक्रियामा ४ नम्बर क्षेत्रमा स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरु, जनप्रतिनिधि र नेता कार्यकर्तालाई जनताले प्रत्यक्ष अनुभूति तगर्नेगरी विकास निर्माणमा एकढिक्का भएर लाग्न निर्देशन दिएका हुन् ।
४ नम्बर क्षेत्रका सभापति लोक मुक्तानको सभाध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा जिल्ला पार्टी सचिव बुद्ध लामा, सल्लाहकार भरत पराजुली, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङलगायत स्थानीय निर्वाचनमा गाउँपालिकामा काँग्रेसकातर्फबाट उम्मेदवारी दिएका अध्यक्ष÷उपाध्यक्ष, वडा अध्यक्षहरु र जितेका जनप्रतिनिधिहरुले पार्टीको क्षेत्रमा रहेको अवस्थाका बारेमा बोलेका थिए ।
कार्यक्रममा ४ नम्बर क्षेत्रका जिल्ला सदस्यहरु, महाधिबेशन प्रतिनिधि, साविक गाविसहरुका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।
