मकवानपुरका दुई युवक पक्राउ, जरिवाना तिराई रिहा
मकवानपुर, ३ जेठ । केही सार्वजनिक मुद्धामा जरिवाना तोकी फरार रहेका मकवानपुरका दुई युवकलाई पक्राउ गरी आवश्यक कारवाही पश्चात छोडिएको छ ।
वि.सं. २०७३ असार १३ गतेको फैसलाले केहि सार्बजनिक मुद्धामा रु ३ हजार जरिवाना तोकि फरार रहेका साविक चित्लाङ गाविस वडा नम्बर १ बस्ने २६ वर्षीय सुनिल लामा र सोही गाविसको वडा नम्बर २ बस्ने २५ वर्षीय रामकृष्ण थोकरलाई जरिवाना तिराई रिहा गरिएको हो ।
उनीहरलाई ईलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा पेश गरेको थियो ।
