लागुऔषध नियन्त्रण ब्यूरोले गर्यो दुई भारतीय नागरीकलाई पक्राउ
काठमाडौँ ३ जेठ । नेपाल प्रहरी, एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले भारतीय गाडीमा लागुऔषध लुकाएर ल्याउँदै गरेका भारत चम्पारणका जितेन्द्र कुमार र विहारका सनोज कुमारलाई बुधबार काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
उनीहरुले भारतीय नम्बर प्लेटको टाटा सुमोमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुसँग ५०० एम्पुल डाइजेपाम, ५०० एम्पुल नुर्फिन र ५०० एम्पुल फेनार्गन बरामदसमेत गरेको छ । पक्राउ परेका दुवैमाथि कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
