एमाले र माओवादी बन्यो नेपाल कम्युनिष्ट पार्टी

तु खबर संवाददाता
२०७५ जेष्ठ ३, बिहीबार १९:१३

काठमाडौं । माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण भएको छ । एकीकृत पार्टीको नाम पूर्वसहमति अनुसारै नेपाल कम्युनिष्ट पार्टी राखिएको छ । एकीकृत पार्टीको अध्यक्षमा केपी ओली र पुष्पकमल दहाल छन् । पार्टी संचालनका लागि ९ सदस्यीय सचिवालय समेत बनाइएको छ ।

६ बुँदे एकता घोषणापत्र जारी गर्दै उनीहरुले ऐतिहासिक आवश्यकता र जनचाहना अनुसार एकता गरिएको बताएका छन् । एकीकृत पार्टी बनिसकेपछि उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी र एकताप्रति प्रतिवद्ध रहने सपथ पनि लिएका छन् । नेकपा दर्ताका लागि निर्वाचन आयोगमा आजै निवेदनसमेत दर्ता गरिएको छ ।

पुनर्गठित पार्टीको कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*