एकीकृत पार्टीको महासचिवमा पौडेल, प्रवक्तामा नारायणकाजी

तु खबर संवाददाता
२०७५ जेष्ठ ३, बिहीबार १८:४२

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि एकीकृत पार्टीको महासचिव बिष्णु पौडेल हुने भएका छन् । पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठ प्रकाश रहने छन् ।

सचिवालयमा पौडेल र श्रेष्ठसहित प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, रामबहादुर थापा, माधव नेपाल र बामदेव गौतम रहने छन् ।

खनाल र नेपाल वरिष्ठ नेताको भूमिकामा रहने तय भएको छ । एकतापछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले ऐतिहासिक आवश्यकताका आधारमा पार्टी एकता भएको स्पष्ट पारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*