सडक तथा पुलको ठेक्का लिएर अलपत्र पार्ने कामचोर ठेकेदारहरुलाई अब प्रहरी खोरमा हालिने

तु खबर संवाददाता
२०७५ जेष्ठ ३, बिहीबार ०७:३५
फाईल तस्बिर, यस स्थानमा अहिले ४ वटा पिल्लरका लागि रड ठडिइसकेको छ ।

काठमाडौँ, ३ जेठ । गृहमन्त्री रामबहादुर थापाले सडक पुतलगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् । आजको नागरिकमा यो खबर छ ।

गृहमन्त्रालयमा बुभबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रियामा ल्याउन निर्देशन दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*