पशुपतिनगरबाट गाँजासहित युवक पक्राउ
हेटौँडा, १ जेठ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले हेटौँडा–१४ नयाँवस्ती बस्ने २० वर्षीय मनोज सुनारलाई अवैध लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।
सोमबार दिउँसो हेटौँडा–९ पशुपतिनगर स्थित सडकमा शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शंकास्पद रुपमा हिँडेको देखेपछि उनको शरिर खानतलासी गर्दा लागूऔषध गाँजा १०० ग्राम फेला परेको र उनलाई लागू औषध ऐन २०३३ बमोजिम मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जनाइएको छ ।
