प्रहरीमाथि विप्लव कार्यकर्ताद्वारा आक्रमण, दुई प्रहरी घाइते
डोल्पा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताहरुले डोल्पाको ठूलीभेरीमा प्रहरीमाथि आक्रमण गरी आफ्ना कार्यकर्ता छुटाएका छन् । नेपाल बन्दको क्रममा पक्राउ परेका सागर
शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनै तर्फ लैजादै गर्दा प्रहरीलाई आक्रमण गरी आफ्ना कार्यकर्ता शाहीलाई छुटाएको बताइएको छ ।
आक्रमणबाट प्रहरी हवल्दार धनसिंह कठायत र प्रहरी जवान जयलाल बस्नेत घाइते भएका हुन् ।
